नियम १८५
व्यक्ति, फर्म वा संस्थालाई दिइने पेश्की
(१) स्थानीय निकायले मालसामान खरिद
गर्न, सेवा उपलब्ध गर्न वा निर्माण सम्बन्धी कामको लागि कुनै व्यक्ति, फर्म वा
संस्थालाई पेश्की दिंदा यस नियमावली बमोजिम बैड्ढ ग्यारेण्टी लिनु पर्नेछ ।
तर नेपाल सरकार वा स्थानीय निकायको पचास प्रतिशतभन्दा बढी स्वामित्व
भएको संगठित संस्था, उपभोक्ता समिति र आÇनो कर्मचारीलाई पेश्की दिंदा बैड्ढ
ग्यारेण्टी लिनु पर्नेछैन ।
(२) पेश्की दिनु पर्ने ठेक्काको कबुलियतनामा गर्दा काम तामेल हुनु पर्ने भनी
तोकिएको म्यादभित्र काम तामेल नभई पेश्की बा“की रहन गएमा त्यस्तो पेश्की
रकमको म्याद नाघेको मितिदेखि वार्षिक दश प्रतिशतका दरले सा“वा र ब्याज समेत
बुझाउनु पर्ने कुरा कबुलियतनामाको शर्तमा उल्लेख गर्नु पर्नेछ ।